आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सोमबार, १६ साउन २०७४, १७ : ५०
सोमबार, १६ साउन २०७४

परासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । आज विहान ५ बजे धाँसिएको एक खम्बामा चढेर अम्बा टिप्न खोज्दा खम्बामा बाँधिएको बिजुलीको नाङ्गो तारले करेन्ट लागेर सो बालिकाको मृत्यु भएको हो ।


करेन्ट लागेर गम्भीर घाईते भएकि बालिकालाई अस्पताला लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमानीगञ्जले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ कुश्मा निवासी १२ वर्षीया आरती हरिजन (जुगुनी) रहेको बताएको छ । गाउँको सडकको छेउमा खोलिएकार कुखुरा फारममा तानिएको तारहरु उक्त खम्बामा बेरिएका थिए । बेरिएका तारहरुमध्ये एउटा तार नाङ्गो थियो जसले बालिकालाई करेन्ट लागेको हो । बालिका हरिजन सोही गाउँ स्थित श्री सिद्धार्थ उच्च माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत थिइन् ।


त्यसैगरि सरावल गाउँपालिकाको वडा नं. ७ स्थित भुजहवामा एक युवक रुखबाट खसेर मृत्यु भएका छन् । 


साँझ ५ बजेको समयमामा सिसौको रुखमा चढेर रुखको हाँगा काटिरहँदा खुट्टा चिप्लिएर युवक खसेपछि घटना स्थलमै उनको मृत्यु भएको भुजहवाँ प्रहरी चौकीले जानकारी दिएको छ । 


प्रहरीका अनुसार मृत्यु हुनेमा सरवाल ७ भुजहवाँ निवासी करिब २९ वर्षीय चाँद हुसैन रहेको जानकारी दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप