रुकुममा ३ जना बलात्कार र एक हत्याका फरार प्रतिवादी पक्राउ
पश्चिम रुकुममा पछिल्लो १० महिनाको अवधिमा ३ जना बलात्कार र एक जना हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न त्यहाँको प्रहरी सफल भएको छ । एक जना वन मुद्दाका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले दिएको विवरण अनुसार वाफीकोट गाउँपालिका–३ भाग्लेका २३ वर्षीय भरत विक एक महिला बलात्कारको मुद्दामा फरार थिए । उनलाई पक्राउ गरी २०७५ कार्तिक १ गते भई त्यहाँको अदालतबाट ६ वर्ष कैद र एक हजार जरीवानासहित कारागार चलान गरियो ।
सोही गाउँपालिका–१ का ६३ वर्षीय भद्रबहादुर बिक बालिका बलात्कारको अभियोगमा फरार थिए । उनलाई पनि पक्राउ गरियो र माग १६ गते ५ वर्ष कैद सजायका लागि कारगार चलान गरियो ।
आठविसकोट नगरपालिका–१० का ३३ बर्षिय शशीराम विक बलात्कारको अभियोगमा ८ बर्ष जेल सजायमा परे ।
वाफीकोट गाउँपालिका–४ का ४२ वर्षीय डम्वरबहादुर विक कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद सजायका लागि कारागार चलान भए ।
चौरझारी नगरपालिका १४ का ३३ वर्षीय रुपलाल विष्ट माघ ११ गते वन मन मुद्दामा ५२ हजार १ सय ९१ रुपैयाँ जरीवानामा परे ।
लागु औषध वरामदमा पनि प्रहरी सफल
गत वैशाख महिनादेखि हालसम्म त्यहाँको प्रहरीले ५ किलो अफिम, २७ किलो ६०७ ग्राम चरेस, २६ किलो ५० ग्राम गाँजा र ७ वटा ट्याबलेट लागु औषध वरामद गर्न र त्यसको अवैध थुप्रै कारोवारीलाई समात्न सफल भएको छ ।
प्रहरीको विवरण हेर्दा पश्चिम रुकुम लागुऔषध ओसार पसारको अखडा बनेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण