काठमाडौंका लागि छुटेको बस रुकुममा दुर्घटना, ९ जना घाइते
आइतबार, १२ फागुन २०७५, १६ : ४५
बुटवल– आईतवार दिउँसो पश्चिम रुकुममा बस दुर्घटना भएको छ ।
पूर्वी रुकुमको अस्थाई सदरमुकाम रुकुमकोटबाट काठमाडौंका लागि पश्चिम रुकुमको मुसिकोट हुँदै आएको ना ५ ख ५३८५ नम्वरको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा ९ जना घाईते भएको प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।
९ जनाको अवस्था सामन्य रहेको र एक जना सिस्ने ५ रुकुम पूर्वकी ५० वर्षिया ईश्वरकुमारी बोहराको अवस्था गम्भीर रहेको डिएसपी खड्काले बताए । उनका अनुसार बसमा २४ जना यात्रु सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण