शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एउटै विद्यालयका ६० विद्यार्थी एकैसाथ बिरामी

आइतबार, १२ फागुन २०७५, १७ : २६
आइतबार, १२ फागुन २०७५

रुकुम (पूर्व)– रुकुम (पूर्व) को एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ६० विद्यार्थी त्यसरी बिरामी भएका हुन् । 

आज बिहान विद्यालयमा प्रार्थना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताए । बिहीबारबाटै एक÷दुईजनामा यस्तो समस्या देखिएको तर आज ठूलो सङ्ख्यामा विद्यार्थी बिरामी भएको उनले बताए ।  

दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक कुनै पनि स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या आएको छ । दुई सय ७९ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयका बिरामी विद्यार्थी उपचारका लागि हुकामबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर गई उपचार गरिरहेको वडाध्यक्ष टोपे सेन ठकुरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप