जापानको आओमोरी शहरमा २१ फिटमाथि सम्म जम्यो बरफ, हटाउने खर्च लगभग चार अर्ब रुपैयाँ
जापानको आओमोरी शहर संसारको सबैभन्दा धेरै बरफ जम्ने स्थानमध्येको एक हो । हालै यहाँ २१ फिट बरफ जमेको छ । यति बरफले दुई तल्ले भवन मज्जाले ढाक्न सक्छ । गत वर्ष बरफ हटाउनका लागि सरकारले ३५ मिलियन डलर अर्थात् लगभग चार अर्ब रुपैयाँ खर्च गर्नु परेको थियो । यो शहरमा ३० हजार बढी बासिन्दा छन् ।
सी–इफेक्ट स्नोः
हरेक वर्ष आओमोरीमा हिम आँधी आउँछ । नोभेम्बरदेखि शहरमा अत्यधिक चिसो साइबेरियाली हावा चल्न थाल्छ । यसलाई सामान्य भाषामा सी इफेक्ट स्नो भनिन्छ । नोभेम्बरमा नै शहरमा ८ फिटसम्म बरफ जम्ने गर्छ ।
सी इफेक्ट स्नोका कारण आओरी र त्यस वरिपरिका इलाकामा बरफको माटो पत्र जम्ने गर्दछ । बरफको यो मोटो पत्र अप्रिलसम्म रहन्छ । घरको छत, सडक, शहरको तल्लो इलाकामा पनि बरफ मात्रै देखिन्छ ।
आओमोरीको बाहिरी इलाकामा बस्ने जुलिया मिनातोयाले यहाँका हरेक व्यक्तिले दैनिक संघर्ष गर्नुपर्ने बताउँछिन् ।
एक सी फूड विक्रेता योने नात्सुमेले आओरीमा माछा विशेषगरी कडफिश पाउने सबैभन्दा राम्रो मौसम जाडो मौसम नै भएको बताउँछिन् । उनका अनुसार मानिसहरु जाडो मौसममा घुम्नकै लागि भनेर आओरी आउने गर्छन् । अमेरिकाबाट आओरीमा घुम्न आएका टिम रोबर्टस् भन्छन्, ‘यो स्थान संसारबाट निकै अलग छ किनभने यहाँ पहाडमा धेरै माड छैन ।’
आओमोरीसम्म पुग्न पनि सजिलो छ । टोकियोबाट उच्च गतीका रेलमा यहाँ तीन घण्टामा नै पुग्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण