शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हट्ला त काठमाडौंको जाम ? एकाबिहानै सडकमा निस्किए सर्वेन्द्र  (१४ तस्बिरमा हेर्नुहोस्)

मङ्गलबार, १७ साउन २०७४, १२ : ४७
मङ्गलबार, १७ साउन २०७४

काठमाडौ– महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी सर्वेन्द्र खनाल मंगलबार बिहान ट्राफिक व्यवस्थापनसम्बन्धी अनुगमनमा  निस्किएका छन् ।  
केहि दिनभित्रै उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधानका गर्ने बताएका उनी  कसरी समस्या समाधान गर्न सकिन्छ भन्नेबारे अनुगमनका लागि फिल्डमा निस्किएका हुन् ।  सो क्रममा उनी  ट्राफिक समस्या समाधानका विषयमा केन्द्रीत अन्तरक्रियामा पनि सहभागि भएका  थिए । 
उपत्यकामा बढ्नो सवारी जाम हटाउने जिम्मेवारीसहित साताअघि प्रहरी प्रधान कार्यालयले खनाललाई महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिएर पठाएको थियो । 
हिजो मात्रै ट्राफिक व्यवस्थापन सम्बन्धि कार्यक्रम आयोजना गरि खनालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको काममा केहीदिन भित्रै सुधार आउने दावी गरेका थिए । 


खनालले आफूले ट्राफिक व्यवस्थापन सुधारका लागि आवश्यक वातावरण बनाउने काम सुरु गरिसकेको पनि बताएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप