शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

मङ्गलबार, २८ फागुन २०७५, १४ : ५३
मङ्गलबार, २८ फागुन २०७५

सल्यान– यहाँ ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शारदा नगरपालिका –२ श्रीनगरबाट लानीत बजार जाँदै गरेको रा १ त ११५१ नंको ट्रयाक्टर सोमबार राति दुर्घटनामा पर्दा चालक शारदा – १२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र – १ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ट्रयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकामा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर सडकदेखि ३० मिटर तल शारदा नदीमा खसेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप