रिबन काट्दै राजपाको केन्द्रीय कार्यालय उद्घाटन (फोटो)
काठमाडौँ – तराई–मधेसकेन्द्रीत पार्टीहरुको एकताबाट बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालयको उद्घाटन गरिएको छ ।
बुधबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा झण्डोत्तलन गर्नुका साथै अध्यक्ष मण्डले रिबन काटेर भवनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
पार्टी गठन भएदेखि नै भवनको खोजी गरिए पनि भनेजस्तो भवन नपाएपछि अन्ततः मधेसी निजामती कर्मचारीको मञ्चको कार्यालय भवन पार्टीले भाडामा लिएको हो ।
नयाँ शक्ति नेपालको कार्यालयसँगै रहेको सो भवनको शिलान्यास राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले नै गरेका थिए । नेपाल सरकारले उपलब्ध गराएको जग्गामा उक्त साढे तीनतल्ले भवन निर्माण भएको हो । भवनमा जम्मा १३ वटा कोठा छन् । जसमध्ये दुई वटा संघले राख्ने छ भने बाँकी सबै राजपाले प्रयोगमा ल्याउने बताइएको छ ।
उद्घाटनमा बोल्दै अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यो कार्यालय अस्थायी मात्र भएको र उपयुक्त ठाउँ हेरेर सर्ने बताए ।
११ कोठामध्ये ६ कोठा ६ जना अध्यक्षका लागि छुट्याइएको छ भने उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतलाई कुर्ची टेबलसमेत पुग्ने अवस्था नरहेको नेताहरु बताउँछन् । उनीहरुका लागि भूँइतलामा सभा हल बनाइएको छ । मञ्चलाई राजपालाई मासिक एक लाख रुपैयाँ माग गरे पनि राजपाले भने मासिक ७५ हजार दिने बताएको मञ्चका प्रतिनिधि सुजित कुमार झाले बताए ।
मधेश निजामति कर्मचारी मञ्च पुरानो तराई मधेश लोकतान्त्रिक पार्टीको शुभेच्छुक संगठन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण