अनुहारको कालो दाग हटाउन अण्डाको सेतो भाग, कसरी प्रयोग गर्ने ?
एजेन्सी – अण्डा स्वस्थ्य शरीरको लागि मात्र नभई सुन्दरता बढाउन पनि उत्तिकै फाइदाजनक छ । अण्डाको सेतो भाग अनुहारको सुन्दरताको लागि प्रयोग गर्न सकिन्छ । यसले अनुहारको धेरै समस्याको समाधान गर्ने छालामा भएका कालो दागलाई हटाएर सफा बनाउन मद्दत गर्छ । छालामा हुने जलन कम गर्नको लागि पनि अण्डाको प्रयोग गर्न सकिन्छ ।
अण्डाको सेतो भागको फाइदा
कालो दाग हटाउन
विभिन्न प्रकारका कस्मेटिकको प्रयोगले गर्दा आजभोलि हरेकको समस्या भएको छ कालो दाग (ब्लाकहेड्स) । अनुहारमा आउने कालो धब्बा लामो समयसम्म नजाँदा धेरैलाई हैरान बनाएको पाइन्छ । जसको लागि अण्डाको सेतो भागको प्रयोग गर्न सकिन्छ ।
अनुहारको रौं हटाउन
अण्डाको सेतो भाग लगाउँदा अनुहारमा आएका अनावश्यक रौं हट्दै जान्छ । यसले अनावश्यक रौं हटाउनुका साथै छालालाई कसिलो बनाउन पनि मद्दत गर्छ ।
चिप्लो छालाको लागि
अनुहारमा भएका खुल्ला छिद्रहरु पुर्न अण्डाको सेतो भागको प्रयोग उचित हुन्छ । साथै यसले अनुहारमा भएको अनावश्यक फोहोरको पनि सफाई गर्छ । अण्डाको सेतो भाग अनुहारमा लगाएर चिसो पानीले धुने गर्दा अनुहारमा आउँने अनावश्यक तैलियपन कम गराउँछ ।
कसरी प्रयोग गर्ने ?
अण्डाको सेतो भाग र मह
अण्डाको सेतो भागमा मह मिसाएर पेस्ट बनाउँने र ब्रसले उक्त पेस्ट दुई तीनपटक लगाएपछि २० मिनेटपछि धुने । यो प्रक्रिया हप्तैपिच्छे गर्दा छालामा सुन्दरता बढ्दै जान्छ ।
बेकिङ सोडा र अण्डाको सेतो भाग
कालो धब्बा हटाउनको लागि २ चम्चा बेकिङ सोडामा एउटा अण्डाको सेतो भाग मिसाउने र पेस्ट बनाउने । लगाएको ५ मिनेटसम्म विस्तारै मसाज गर्ने र १० मिनेटपछि पानीले पखाल्ने ।
चिनीको स्क्रब र अण्डाको सेतो भाग
एक चम्चा चिनीमा दुई वटा अण्डाको सेतो भाग मिसाउने र अनुहारमा लगाएर सर्कुलर मोसनमा बिस्तारै मसाज गर्ने १० मिनेट पछि मिच्न छोड्ने र पानीले पखाल्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माण: ठेकदारलाई भुक्तानी गर्न बजेट अभाव
-
रास्वपा लमजुङको सभापति निर्वाचनमा धाँधलीको आरोप, सभापतिका अरू उम्मेदवारले दिए उजुरी
-
मुग्लिन–मलेखु सडकका चार पुल सञ्चालनमा आउँदै
-
यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन
-
नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको एकैपटक सरुवा (सूचीसहित)
-
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण