जाजरकोट अस्पतालमा बिरामीको चाप, भुइँमा राखेर उपचार
जाजरकोट– जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा.महेश सेजुवालले जानकारी दिए ।
झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी उपचारका लागि आएको उनले बताए । निर्माण व्यवसायीको लापरवाहीका कारण अस्पतालका भवन पाँच वर्षदेखि निर्माण नहुँदा बिरामीको चाप बढेका बेला भुइँमा राखेर उपचार गराउनु परेकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताइन् । एउटा श्ययामा दुई बिरामी राखेर उपचार गर्दा पनि ठाउँ नपुग्दा भुइँमा राखेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मी लालबहादुर बस्नेतले बताए ।
उक्त अस्पतालमा विशेषज्ञ सेवा पाइने भएपछि बिरामीको भीड लाग्ने गरेको छ । नेपालगञ्जलगायत देशका विभिन्न शहरमा गएर उपचार गर्न जानुपरेकामा यस अस्पतालमा विशेषज्ञ सेवाका साथै शल्यक्रियासमेत पाइन थालेपछि बिरामीको भीड लागेकोे हो ।
विसं २०३२ मा निर्माण गरिएको भवन जीर्ण हुँदै गएकामा अस्पताललाई स्तरोन्नति गरिएपनि प्रभावकारी उपचारमा समस्या पर्दै आएको हो । अहिले उक्त अस्पतालमा डोल्पा र रुकुमका समेत बिरामी आउने गरेका छन् ।
यता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसै आवमा रु ५२ करोडको लागतमा भवन निर्माणका लागिबोलपत्र आह्वान हुन लागेको बताए । जिल्लाका नलगाड नगरपालिकालगायत अन्य ठाउँका स्वास्थ्य भवन निर्माण नगर्ने निर्माण व्यावसायीको ठेक्का तोडिएको छ ।
यसैबीच नलगाड नगरपालिका–८ काव्रामा गए राति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय नरबहादुर चदाराको घरबाट सल्केको आगोले देवबहादुर चदारा र लालबहादुर चदाराको घर पनि जलेर नष्ट भएको हो । घरबाट कुनै पनि वस्तु बचाउन नसकिएको स्थानीय शिक्षक नरेन्द्र केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण