नौ वटा झोलुङ्गे पुल अलपत्र
हुम्ला – जिल्लाका निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन् ।
सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्लाका विभिन्न गाउँ जोड्ने पुल निर्माणका कामसमेत रोकिएका छन् । २०७२ सालमा टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले चार वटा पुलको जिम्मा र २०७३ सालमा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दीपक रावलले सात वटा झोलुङ्गे पुलको जिम्मा लिएका थिए ।
पुल निर्माणका सामान समयमै ढुवानी नगर्दा ०७३-७४ मै सम्पन्न हुने निर्माण कार्य रोकिएको छ । त्यसमध्ये चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँको पोरीगाउँ खोला र अदाचली गाउँपालिकाको चाफेटडी झोलुङ्गे पुल निर्माण भएको छ ।
चाफेट्डी झोलुङ्गे पुल प्रमुख प्राथमिकतामा रहेकाले ०७५ मा निर्माण सम्पन्न भएको जिल्ला समन्वय समिति कार्यालय हुम्लाका इञ्जिीनियर देवी ऐडीले जानकारी दिए । पुलको निर्माण ९० प्रतिशत काम भएको छ ठेकेदारले सामान ढुवानी नगर्दा पुल अलपत्र परेको इञ्जिीनियर ऐडीले बताए ।
आर्थिक वर्ष ०७२÷७३ मा सकिनुपर्ने मुचु झोलुङ्गे पुल, बुराउसे घटेखोला, ठाडोखोला ठेहे र सिक्पा खोला राहदेवको झोलुङ्गे पुलको सामान ढुवानीका टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले लिएका छन् ।
त्यस्तै आव ०७४÷०७५ मा सम्पन्न हुनुपर्ने चारटङ्ग्रे चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला कालिका, खारखोला दार्मा मिमि खोला, पोरीगाउँ खोला नेप्का, बालुखोला ट्रस गोठी रोडिकोट सामान ढुवानी जिम्मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दीपक रावतसँग सम्झौता रहेको प्रमुख इञ्जिीनियर ऐडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण