वान स्टप सेन्टरको भविष्य धरापमा, मलेसियाका १० वान स्टप सेन्टर बन्द
मलेसियामा विदेशी कामदार भित्राउन प्रयोग गरिने एफडब्लुसिएमएस अर्थात् फरेन वर्कस् सेन्ट्रलाइज्ड म्यानेज्मेन्ट सिस्टमका १० वटा शाखा बन्द भएका छन् ।
विदेशी कामदारहरुको सम्पूर्ण तथ्याङ्क राख्ने संस्था एफडब्लुसिएमएस्ले बिहीबार एक सूचना जारी गर्दै सेलाङ्गोरको स्काईपार्कमा रहेको वान स्टप सेन्टरबाहेक अन्य सबै वान स्टप सेन्टर बन्द गर्ने निर्णय गरेको हो ।
आगामी ७ अप्रिलदेखि अन्य १० स्थानको वान स्टप सेन्टर बन्द हुने भएका छन् ।
एफडब्लुसिएमएसले मलेसियाकै ११ स्थानमा वान स्टप सेन्टर सञ्चालन गरेको थियो । तर बिगत लामो समयदेखि नेपाल, बङ्गलादेश लगायतका स्थानबाट कामदार नआउने र भिसा प्रक्रिया पनि बन्द भएपछि कामको चाप कम परेको थियो ।
त्यसबाहेक मलेसिया सरकारले ‘सिस्टम रिभ्यु’ को तयारी गरेपछि वान स्टप सेन्टरका शाखाहरु बन्द हुने भएका हो ।

सूचनामा अन्य केही कुरा उल्लेख नगरेपनि वान स्टप सेन्टरको अस्तित्व धरापमा पर्ने भएपछि यो निर्णय लिएको हुनसक्ने अनुमान गरिएको छ ।
एफडब्लुसिएमएसले बायोमेडिकल र वान स्टप सेन्टर सञ्चालन गर्दै आएको थियो ।
मलेसियाको १११ मध्ये १० स्थानको वान स्टप सेन्टर खारेज गर्ने निर्णयसँगै वान स्टप सेन्टरको भविष्यसमेत खतरामा परेको छ ।
यद्यपि एफडब्लुसिएमएसले मलेसियाकै शाखामात्रै बन्द गरेको कारण नेपाल लगायतका अन्य देशका वान स्टप सेन्टरबारे भने केही बोलिएको छैन ।
मलेसिया सरकारले बायोमेडिकल, वान स्टप सेन्टर, इमिग्रेसन सेक्युरिटी क्लिरेन्स र भिएलएनको सञ्चालनबारे समीक्षा गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण