एम्पेरर २४ क्यारेट स्कच माल्टस्को बिक्री वितरण शुरु
काठमाडौं– अभनिश डिष्टिलरीले एम्पेरर २४ क्यारेट स्कच माल्टस्को बिक्री वितरण काठमाडौंमा शुरु गरेको छ ।
व्यापार बजार तथा उपभोक्ताहरुमाझ निकै चर्चा बटुल्न सफल रहेको यस उत्पादनमा रहेका गुण र विशेषताहरु बजारमा पाइने अन्य उत्पादनहरुमा नपाइने बताइएको छ ।
कम्पनीका प्रवक्ताका अनुसार २०७४ साल असोजमा यसै कम्पनीले बजारमा ल्याएको एम्पेरर स्कच माल्टस्को अपार सफलता र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष एम्पेरर स्कच माल्टस् बजारमा ल्याइएको हो ।
उनी भन्छन् “एम्पेरर २४ क्यारेट एक विशेष उत्पादन हो जसमा नेपाली बजारमा पाइने अन्य कुनै पनि उत्पादनको तुलनामा धेरै स्कच माल्ट्सको मात्रा रहेको छ ।” उनका अनुसार एम्पेरर २४ क्यारेट विशेषगरी नेपाली बजारका लागि स्कटल्याण्डका विश्वप्रसिद्ध माल्ट मास्टर डेभिड स्लोनले तयार गर्नुभएको हो ।
कम्पनीका अनुसार यो उत्पादन तयार गर्न लगभग एक वर्षको समय लागेको थियो । डबल फिल्ट्रेशन गरी सतप्रतिशत शुद्ध बनाइएको गोल्डेन ग्रेन स्पिरिटलाई ६ महिनासम्म प्रशोधन गरी स्क्टल्याण्डका उत्कृष्ट डिष्टिलरीहरुबाट आयातित ८ वर्ष पुरानो स्कचसँग मिसाएर एम्पेरर २४ क्यारेटको ब्लेण्ड तयार गरेको कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण