आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीका बिभिन्न स्थानमा बाढी :  ३ जना बेपत्ता

शुक्रबार, २० साउन २०७४, १३ : ३७
शुक्रबार, २० साउन २०७४

परासी – नवलपरासीमा बाढीमा परि एक बालकसहित २ जना बेपत्ता भएका छन् । जिल्लाको सिमावर्ती गाउँपाकिला पाल्हीनन्दन ३ स्थित पर्सीया गाउँमा आएको बाढीमा डुबेर एक बालकसहित अर्का एकजना बेपत्ता भएका हुन् । त्यस्तै बिहीबार साँझ प्रतापपुर गाउँपालिकाको खजुरा खोलाबाट दाउरा निकाल्ने क्रममा एक जना डुबेर बेपत्ता भएकोे प्रहरीले जनाएको छ ।

शुक्रबार विहान साढे ९ बजे पाल्हीनन्दन गाउँपालिकाको पर्सियास्थित नारी खोलामा आएको बाढीबाट स्थानीय १२ बािर्षय बालक कृष्ण गुप्तालाई बचाउने क्रममा ५० वर्षिय बृजलाल गुप्तापनि डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबैको खोजी कार्य जारी छ ।

त्यस्तै हिजो साँझ प्रतापपुर २ निवासी २५ वर्षिय ईबराहिम अंसारी पनि खजुरा खोलाबाट दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । अंसारी सहित ४ जनाको टोली स्थानिय खोला खजुराको प्रर्साैनी पुलमा दाउरा निकाल्ने क्रममा डुबेपनि अंसारी बाहेक अरु भने जोगिएका थिए । विहिवार विहानदेखि जिल्लामा परेको अबिरल बर्षाका कारण जिल्लाको हाईवेदेखि ग्रामिण क्षेत्रका अधिकांश गाउँ जलमग्न भएका छन् । निकास नपाएपछि पुर्वपश्चि राजमार्ग स्थित तुल्सीपुर बासा, र लण्डन ब्रिज निर बाटोको ओभर फ्लो भएर बगीरहेको छ जसकारण सवारीसाधन एवं यात्रुहरुलाई यात्रा गर्न कठिनाई भएको छ । उक्त क्षेत्रका केहि घरहरु पनि डुबानमा परेका छन् ।

यसैबीच सदरमुकाम परासी बजार क्षेत्रमा पनि करिब १० घरहरु पुर्ण रुपले डुबानमा परेका छन् भने ग्रामिण क्षेत्रका पाल्हीनन्दन, प्रतापपुर, सरावल, सुस्ता गाउँपालिकाका पनि केहि गाउँका घरहरु डुबानमा परेका छन् । डुबानमा परेका घरहरुमा मानविय क्षति नभएपनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ । बाढीबाट पीडितहरुलाई स्थानीयले राहत वितरण गरेका छन् । पानीकै कारणले जिल्लाको बर्दघाट नगरपालिका ४ स्थित दाउन्नेका एस मोड सहित विभिन्न ठाउँमा खसेको पहिरोले राती १ बजेदेखि विहान ९ बजेसम्म बाटो अवरुध भएको थियो  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप