शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा बाढीले करिब ३ हजार घर डुबानमाः कराडौंको क्षति

शुक्रबार, २० साउन २०७४, २१ : ४६
शुक्रबार, २० साउन २०७४

परासी– नवलपरासीमा आएको ठुलो बाढीले करिब ३ हजार घर डुबानमा परेको छ भने कराेंडौंको भौतिक क्षति भएको छ । खासगरी बाढीले ग्रामिण तथा सिमावर्ति क्षेत्रका ४ गाउँपालिकाहरुमा भौतिक तथा मानवीय क्षति पुगेकोे छ ।

जिल्लाको पहाडी क्षेत्रहुदै बगेको झरही, रायपुरवा, खजुरा, भलुही, पानभार खोलाहरुको ओभर फ्लोले ती क्षेत्रहरुमा बाढी बसेको बताइएको छ । बाढीले एक बालक सहित २ जना डुबेर बेपत्ता समेत भएका छन् । 

ठुलो बाढीले प्रतापपुर गाउँपालिकामा बढि भौतिक क्षति पु¥याएको छ । पं्रतापुर गाउँपालिकाको वार्ड नम्बर ३ को बरगदवा, अमहवाँ, नन्दपुर, कजडहिया, फडरहनी टोलाहरु बाढीको डुबानमा परेका छ भने वार्ड नं. ४ को ठुलोखैरेटवा, पर्सा, दरखासे, कालीबर्था टोला डुबानमा परेको छ । 

त्यस्तै, वार्ड नं. ८ को फटकी टोला र ९ को माधवपुर, गोबरकटवा टोला डुबानमा परेको छ । यस गाउँपालिकामा १५ सयभन्दा बढि घर डुबानमा परेको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले बताए । 

त्यस्तै, बाढीले सुुस्ता गाउँपालिकाको वार्ड नं. ३ का सेखुवानी, फेनहरा, रडवारेता गाउँहरु डुबानमा परेका छन् । यस वडाका सयभन्दा बढि घरहरु डुबानमा छन् जहाँ लाखौं क्षति भएको छ । 

यता सरावल गाउँपालिकाको वार्ड नं. ६ रामपुर खडौना, पुसौली, र वार्ड नं. ७ को भुजहवाँ गाउँ गरि करिब १ हजार घर बाढीको डुबानमा परेको छ । यस क्षेत्रमा पनि लाखांैको भौतिक क्षति भएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।

यसैगरी, पाल्हीनन्दन गाउँपालिकाको वार्ड नंं १ का रमपुरवा, शंकरपुर, चम्कीपुर टोलाहरु डुबानमा परेको छ । वार्ड नंं ३ पर्सीया, बेलासपुर वार्ड ४ को पाल्ही, ५ को गेरमी र ६ को सनई गाउँका सय भन्दा बढि घरहरु डुबानमा परेका छन् । यस गाउँपालिकामा पनि लाखांंैको भौतिक क्षति भएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

ग्रामीण क्षेत्रका ती ४ वटा गाउँपालिकाहरुमा बाढीले पीडितहरुको माटोले बनेको घर र छाप्रोहरु भत्किएका छन् भने खाद्यान्न, लत्ताकपडा र खेतका बालीनालीमा क्षति पुगेको बताइएको छ ।यता नगरपालिकाहरु मध्ये सदरमुकाम स्थित रामग्राम नगरपालिकामा पनि बाढीले वार्ड नंं १,२,१६ र १७ का करिब केही घरहरु डुबानमा परेको नगरका मेयर नरेन्द्रकुमार गुप्ताले बताए ।

बर्दघाट नगरपालिकाको वार्ड नं. ४ का बाढीपिडित टोल डुबानमा परेको छ भने वार्ड नं. ६ का बेतहानी, २ का चिसापानी लगायतका क्षेत्रहरु डुबानमा परेको छन् । सुनवल नगरपलिकामा पानीको निकास नभएको कारणले वार्ड नं. १ र ७ मा अलिकति समस्या देखिएको थियो । तर अहिले समस्या सामाधान भैसकेको नगरका मेयर भरत थापाले बताए ।

विहिवार विहानदेखि परेको पानीले जिल्लाको परासी क्षेत्रका यी गाउँपालिका र नगरपालिकाहरुमा बाढी पसेको हो । बाढीले प्रभावित क्षेत्रहरुमा बाढी पिडितहरुलाई स्थानिय स्तरबाट चिउरा, चाउचाउ, चिनी, नुन, चामल, दाल तरकारी, कपडा लत्ता लगायतका राहत वितरण गरिएको छ । जिल्लाको वास्तविक क्षति र पिडितहरुको विवरण संकल कार्य जारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप