इण्डोनेशियन बुटिक फेस्टिबलमा फेसन शो (फोटोफिचर)
काठमाडौँ । राजधानीमा पहिलो पटक इण्डोनेशियन बुटिक फेस्टिबलको आयोजना हुँदै छ । नेपाल र बङ्गलादेशका लागि इण्डोनेशियाको राजदुतावासको आयोजना र नेपालका लागि आईएमई ग्रुप र आईएमई ट्राभल्सको सह–आयोजनामा सो बुटिक फेस्टिबलको आयोजना गरिएको हो ।
सन् १९६० देखिको नेपाल र इण्डोनेशिया दुई देशबीचको सम्बन्धलाई निरन्तरता दिदै यी दुई देशबीचको आर्थिक सामाजिक तथा साँस्कृतिक सम्वन्धलाई अझ प्रगाढ बनाउँदै पयर्टन क्षेत्रमा एकअर्कामा सहयोग पु¥याउन यस बुटिक फेस्टिबलको आयोजना गरिएको आयोजकले जनाइएको छ ।
फेस्टिबलको उद्घाटन नेपाल र बंगलादेशका लागि इण्डोनेशियाका राजदुत एचई.मिस.रीना पी.सोम्यार्नो र नेपालका लागि इण्डोनेशियाका प्रतिनिधी तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा गरेका हुन् ।
उद्घाटन पश्चात बुटिक फेस्टिबलमा इण्डोनेशियाको संस्कृति झल्कने पहिरन तथा नृत्य प्रदर्शन गरिएको थियो । फेसन शोमा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ शो स्टपर बनेकी थिइन् ।
बुटिक फेस्टिबल राजधानीको होटल अन्नपूर्णमा बिहिबार साँझदेखि शुरु भएको छ भने आज शुक्रबार समापन गरिने छ ।























तस्विर : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण