पूर्व श्रीमतीबारे ऋतिक रोशनले भने, ‘यो सुन्दर सम्बन्ध हो, प्रेम घृणामा परिवर्तन हुन सक्दैन’
आइतबार, २२ असार २०७६, १३ : १८
बलिउड नायक ऋतिक रोशनले एक अन्तरवार्तामा पूर्व–श्रीमती सुजैन खान बारे कुरा गरेका छन् ।
सम्बन्धविच्छेद भइसकेकी श्रीमतीसँगको आफ्नो सम्बन्ध निकै राम्रो भएको ऋतिकले बताएका छन् । उनले भने, ‘यो सुन्दर सम्बन्ध हो । हाम्रो बच्चासँग, साथीको रुपमा हाम्रो साथ । यो सबै तपाईंको समझदारीमाथि निर्भर हुन्छ । ’
उनले प्रेम कहिले पनि घृणामा परिवर्तन हुन नसक्ने बताएका छन् । यसबारे उनले भनेका छन्, ‘एउटा कुरा निश्चित छ, प्रेम कहिले पनि घृणामा परिवर्तन हुन सक्दैन । यदि यो घृणा हो भने हामीबीच प्रेम नै थिएन । यो प्रेमकै दोस्रो पाटो हो... प्रेम पनि हो । जब तपाईंले यो बुझ्नुहुन्छ तब प्रेममा फर्कने बाटो खोज्न थाल्नुहुन्छ ।’
ऋतिक र सुजैनको सन् २०१४ मा नै सम्बन्धविच्छेद भइसकेको छ । अहिले पनि यी दुई सँगै घुम्ने र एक–अर्काको बलियो सपोर्ट सिस्टमको रुपमा उभिने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण