५ लाख जनशक्ति उत्पादन हुँदा दुई लाख बेरोजगार
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन् । आफ्नो देशमा रोजगारी नपाउँदा दक्ष जनशक्तिको रुपमा रहेका ती युवा विदेशिन बाध्य भएका हुन् । दक्ष जनशक्ति विदेशिने क्रम बढ्दा मुलुकमा ब्रेन ड्रेनको खतरा हुन सक्ने चेतावनी शिक्षाविद्हरुले दिएका छन् ।
पछिल्लो १० वर्ष अर्थात् २०६६ सालदेखि हालसम्म झन्डै पाँच लाख युवाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका छन् । तीमध्ये दुई लाख बढी रोजगारविहीन रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को तथ्यांकमा उल्लेख छ ।
सरकारी तथा निजी क्षेत्रबाट मुलुकमा रोजगारी नपाउँदा तालिमप्राप्त जनशक्ति पनि रोजगारीका लागि विदेशिन बाध्य भएका हुन् । तालिम प्राप्त जनशक्ति विदेशिने क्रम बढेपछि सरकारले लिएको समृद्धिको लक्ष्यमा समेत गम्भीर चुनौती सिर्जना हुने देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण