सांसदका स्वकीयलाई नियुक्तिपत्रबिनै तलब
बिहीबार, ०२ साउन २०७६, ०६ : ५४
कानुन बनाउने विधायकहरुले नै नियुक्त गरेका स्वकीय सचिवहरुले न नियुक्ति पत्र पाएका छन् र सेवासम्बन्धी कार्य विवरण (टिओआर) नै पाएका छन् ।
प्रतिसभा तथा राष्ट्रियसभाका सांसदले राज्य कोषबाट तलब सुविधा दिनेगरी अधिकृतस्तरका एकएक जना स्वकीय सचिव राखेका छन् । त्यस्ता स्वकीय सचिवका नियुक्ति प्रक्रिया र शैक्षिक योग्यता पारदर्शी छैन ।
संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसची २ मा स्वकीय सचिवलाई पदाधिकारी तथा सदस्यलाई दिइने अन्य सुविधाअन्तर्गत राखिएको छ ।
त्यसमा उनीहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारी, टिओआर, सांसदलाई दिनुपर्ने समय, उनीहरुको कार्यालय र नियुक्तिपत्रबारे कुनै व्यवस्था छैन । यो समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण