मेलम्चीको काम फिल्डमै बसेर गर्न खानेपानी मन्त्रीको निर्देशन
काठमाडौं– खानेपानीमन्त्री बिना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई द्रुत गतिमा अघि बढाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाका प्रमुखसहितको टीमलाई आयोजनास्थलमै बसेर काम गर्न निर्देशन दिएकी छिन् ।
मन्त्री मगरको उपस्थितिमा बुधबार सिंहदरबारमा सम्पन्न भएको बैठकले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितको टीमलाई आयोजनास्थलमै बसेर मेलम्ची आयोजनाको काम अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्री मगरले अति आवश्यक काम गर्नुपर्दा बाहेक मेलम्चीको आयोजनास्थल नछाड्न समेत निर्देशन दिइन् ।
आयोजनाका प्रमुख, डिभिजनल इन्जिनियर र समितिका अन्य प्राविधिकहरु सहितको टोलीलाई आयोजनास्थलमा खटाउने र आयोजनामा देखिएको अन्यौल हटाउँदै अघि बढ्न मन्त्रीज्यूबाट निर्देशन जारी भएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
मेलम्ची आयोजनाको काम छाडेर हिंडेको ठेकेदार कम्पनी सिएमसीबाट भुक्तानी पाउन बाँकी रहेका स्थानीय ठेकेदार तथा भेण्डरहरुले दाबी गरेका रकमको सन्दर्भमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ ।
आयोजनाका प्रमुख कँडेलले हेडवक्र्स र सुरुङ फिनिसिङ जस्ता ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिए । अहिले आयोजनास्थलमा नदी संरक्षण गर्ने कार्य भइरहेको र सुन्दरीजलस्थित भेन्टिलेसन साफ्टको काम सकिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण