आर्थिक क्षेत्रसँग सम्बद्ध दर्जनौं विधेयक संसदमा अड्किए
आइतबार, ०१ भदौ २०७६, ०७ : ४४
गत चैतमा भएको लगानी सम्मेलनका बेला प्रधानमन्त्री तथा अर्थमन्त्रीले लगानीमैत्री वातावरणका लागि थप कानुनहरु छिट्टै नै संसदबाट पास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तर लगानी सम्मेलन सकिएको ५ महिना बितिसक्दा पनि ती कानुन संसद्बाट अनुमोदन हुन सकेका छैनन् ।
ठूला पूर्वाधार तथा विकास आयोजनाको द्रुततर निर्माणसम्बन्धी विधेयक गत फागुनदेखि संसद्मा अड्किएको छ । अधिकांश ठूला परियोजनाको साझा समस्यालाई समाधान गर्न भन्दै ल्याइएको उक्त विधेयकमाथि संसदीय समितिमा समेत छलफल हुन सकेको छैन ।
यसबीच विदेशी लगानीसम्बन्धी कानुनहरुसहित अर्थतन्त्रसँग सम्बद्ध दर्जनौं विधेयक संसद्मा अड्किएका छन् । यो समाचार आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण