विमानस्थलमा प्रहरीमाथि जाइलाग्नुको कारणबारे बोले पारस शाह
काठमाडौं- पूर्वयुवराज पारस शाहले हिजो त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा भएको घटनाको सम्बन्धमा फेसबुकमार्फत् स्पष्टीकरण दिएका छन् । शाहले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै स्पष्टीकरण दिएका हुन् ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका प्रहरी अधिकृतले आफ्नो छोरामाथि डण्डा बर्साएपछि सहन नसकेको र उनीमाथि जाइलागेको बताएका छन् ।
उनले स्पष्टीकरणमा लेखेका छन् , मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरामाथि डण्डा बर्साए एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागे ।
उनले त्यसबेला आमा बिरामी भएकोले तनाबमा रहेको बताउँदै भनेका छन्, त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिए मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरे यो कुराको छिनोफानो म नेपाली जनतालाई दिन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन