प्रदेश नम्बर ३ ले यो वर्ष १०१ वटा विद्यालयमा नर्स थप्ने
काठमाडौँ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत यो वर्ष प्रदेश नम्बर ३ सरकारले थप १०१ विद्यालयमा नर्स राख्ने भएको छ । विद्यालय समयमा धेरै संख्यामा बालबालिका आवद्ध हुने र उनीहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी विद्यालयस्तर देखिनै गराउँदा धेरै जानकारी हासिल गर्ने विश्वासका साथ ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागू गर्न केन्द्र सरकारले निर्देशन दिँदै आएको छ ।
प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै योग्यता र क्षमता भएका नर्सहरुलाई फारम भर्न आह्वान गरेको छ । जसमध्ये सिन्धुलीका ८,रामेछापका ७, दोलखाका ८, सिन्धुपाल्चोकका १०, काभ्रेपलान्चोकका १२, ललितपुरका ५, भक्तपुरका ३, काठमाडौँका ९, नुवाकोटका १०, रसुवाका ४, धादिङका ११, मकवानपुरका ८ र चितवन ६ गरी १०१ वटा सामुदायिक विद्यालयमा नर्स राखिने जनाइएको छ । प्रदेश नं. ३ मा यसअघि नै २० वटा सामुदायिक विद्यालयमा नर्स राखिसकिएको छ ।
‘नर्सिङ र मिडवाइ फ्री’ नीति २०७४ को मस्यौदामा विद्यालयमा नर्स राख्ने कुरालाई अघि सारिएपछि अहिले अभ्यासका रूपमा धेरै विद्यालयले नर्स राख्न थालेका छन् । प्रदेश ३ ले वि.सं २०७५ बाट नै यो कार्यक्रम सुरु गरेको हो ।
किशोरअवस्थामा आउने परिवर्तन, महिनावारीमा ध्यान दिनुपर्ने कुरालगायतका स्वास्थ्यसम्बन्धी जानकारी यो कार्यक्रमले दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण