राजावादीलाई सञ्चारमन्त्रीको चेतावनी : चिहानमा आराधाना गरेर राजतन्त्र फर्किदैन
काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले राजाको नामा राजनीति गर्नेहरु डाइनोसर भएर सकिने बताएका छन् । बिहीबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चिहानमा आधाराना गरेर राजतन्त्र नफर्किने बताएका हुन् ।
मन्त्री बास्कोटाले एक पत्रकारको प्रश्नमा व्यङ्ग्य गर्दै भने– को राजा ? लावण्य देशको राजा ? नेपालका त राजतनत्र छैन ? एकादेशको कथा भइसक्यो । पछि इतिहास पढ्लान् आजको पुस्ताले पनि भोलिको पुस्ताले पनि ।’
२०१७ सालमा बाजा बजाएर नभइ लोकतान्त्रिक दलहरुबीचमा चलखेल गरेर सत्ता हातमा लिएको भन्दै अहिले १७ सालको जस्तो अवस्था नभई ७७ सालको आधुनिक अवस्था भएको बताए ।
उनले भने– ‘मरेको राजतन्त्रले फणा उठाउन सक्दैन, राजाका नाममा राजनीति गर्नेहरु डाइनोसरस हुनेछन् । चिहानमा आराधाना गरेर राजतन्त्र फर्किनेवाला छैन । संसारको नियम के हो भने समाज अगाडि बढ्ने हो पछाडि फर्कने हैन । जतिसुकै रमाएपनि तिनिहरुलाई रमाउन दिनुपर्छ, त्यो कोरा सपना यथार्थमा परिणत हुँदैन ।’
उनले लोकतन्त्र सरकारको मात्र हो र भन्ने प्रश्न गर्दै लोकतन्त्रको रक्षा गर्ने सबैको दायित्व भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
-
बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो, जनताले विकल्प खोज्दै छन् : राणा
-
पटना गोलीकाण्डका अभियुक्त विराटनगरमा मृत फेला
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
