‘उपनिर्वाचन नेकपाका लागि मिनी जनमत सङ्ग्रह’
पाेखरा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गङ्गालाल तुलाधरले आगामी मङ्सिर १४ गतेका लागि तोकिएको उपनिर्वाचन पार्टीका लागि मिनी जनमत सङग्रह भएको बताएका छन् ।
पार्टी निकट धादिङ–पोखरा जनसम्पर्क मञ्चले हरितालिका तीजको अवसरमा शनिबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीलाई हराउन मोर्चाबन्दी भइरहेकाले त्यसका विरुद्ध तयारी शुरु गर्न कार्यकर्तालाई निर्देशन दिए ।
विपक्षीले निर्वाचनलाई दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारका विरुद्ध जनमत बनाउन उपयोग गर्न सक्नेतर्फ सचेत रहनुपर्ने उनको भनाइ थियो ।
‘निर्वाचनलाई पार्टीको अग्नि परीक्षा र मिनी जनमत सङग्रहको रुपमा लिनु पर्दछ’, पूर्वशिक्षामन्त्री तुलाधरले भने।
गण्डकी प्रदेशसभा सदस्य रामजी बरालले जनसम्पर्क मञ्च पार्टीको एकाइको रुपमा रहेको र यसका हरेक सदस्यले पार्टीको मूल्य, मान्यता र आदर्शलाई सिरोधार्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीको प्रदेश नं ३ कमिटी सदस्य रामबहादुर भण्डारी, नेकपा कास्की सचिव बखानसिंह गुरुङ, धादिङको निलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, मञ्चका अध्यक्ष वीरबहादुर थापालगायतले आ–आफ्नो धारणा राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण