‘झगडा’ मिलाउँदै अध्यक्ष प्रचण्ड
सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए ।
शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितीमा प्रचण्डलाई सहमतिमा ल्याउन नेपालले नै समन्वयकारी भूमिका निर्वाह गरेका थिए । त्यतिबेला नेपाल र प्रचण्ड समान हैसियतमा थिए । उहाँ तत्कालिन नेकपा ९एमाले०का महासचिव र प्रचण्ड विद्रोही माओवादीका अध्यक्ष ।
अहिले परिस्थिती मोडिएको छ । दुबै पार्टी एक भएका छन् । दुबै नेता एकै पार्टीका नेता छन् तर हैसियत समान छैन । प्रचण्ड अध्यक्ष छन्, नेपाल एकीकृत पार्टीको चौथो वरियतामा छन् ।
पार्टीमा वरियता खोसिएपछि नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको विवाद सतहमै आएको छ । त्यही विवाद मिलाउन अध्यक्ष प्रचण्ड लागिपरेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण