जिम्मेवार चालक म : सवारी साधन बाहकलाई जिम्मेवार बनाउने अभियान
आइतबार, २९ साउन २०७४, १४ : ०५
काठमाडौँ– रोटराक्ट क्लब अफ काठमाँडौ मिड टाउन र होन्डा नेपालको संयुक्त आयोजनामा जिम्मेवार चालक म नामक स्टिकर अभियान सुरु भएको छ ।
दिनँहु राजधानी भइरहेको सडक दुर्घटना बारेमा यातायात चालकहरु कतिको सचेत छन् र सचेत नभएकाहरुलाई अझ सजग बनाउनका लागि यो अभियान सञ्चालनमा ल्याइएको हो । हाल काठमाडौँ र ललितपुरका बिभिन्न ठाँउहरुमा रोटराक्ट क्लब अफ काठमाँडौ मिड टाउनले यो अभियानलाई सफलताका साथ अगाडी बढाइरहेको छ ।
हामीसँग एउटा सानो प्रश्नावली छ जसमा यातायात चलाउँदा अपनाउनु पर्ने टा«फिक नियमहरु सवारी बाहक ले कतिको अपनाउ छन् र नियम पालन गर्नेहरुलाई अगामी दिनमा पनि यस्तै निरन्तरताका लागि सवारी साधनमा प्रतिबद्धताका लागी जिम्मेवार चालक म को स्टिकर लगाउँछौ कार्यक्रम संयोजक सुनील प्रसाद कमलले रातोपाटीलाई जानकारी दिए । यो स्टिकर अभियान ३ महिनासम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव