‘आमा’ लागि अभिनेत्री सुरक्षाले गराइन् कपाल मुन्डन
काठमाडौं – नारीको सौन्दर्य र आकर्षणमा कपालको पनि विशेष महत्व रहने गर्दछ । सायद, त्यसैले पनि होला उनीहरु कपालका लागि निकै मिहिनेत समेत गर्दछन् ।
तर, पछिल्लो समय फिल्मको कथामा आफूलाई फिट देखाउन अभिनेत्रीहरुले आफ्नो सौन्दर्यको प्रतिक कपाल मुन्डन गराउन थालेका छन् ।
केही पहिले अभिनेत्री दीपशिखाले फिल्म ‘प्रेमलिला’का लागि आफ्नो कपाल मुन्डन गरेकी छन् । त्यसपछि अहिले प्रदर्शनरत फिल्म ‘जाइरा’ अभिनयका लागि अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो कपाल मुन्डन गरिन् ।
अहिले फेरि अर्की अभिनेत्री सुरक्षा पन्तले कपाल मुन्डन गराएकी छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको छायाँकनरत फिल्म ‘आमा’का लागि पन्तले कपाल मुन्डन गरेकी हुन् । फिल्मको कथाको माग अनुसार आफूले कपाल मुन्डन गराएको अभिनेत्री पन्तले बताइन् ।
‘‘आमा’ पुरै टिमको राम्रो फिल्म बनाउने प्रयास रहेको छ’ पन्तले भनिन्, ‘फिल्मको दृश्यले काटेको कपाल मागेपछि मैले कपाल मुन्डन गराएकी हुँ ।’
हुन त फिल्मको यस्ता दृश्यका लागि पहिले पहिले वीक प्रयोग गर्ने गरिन्थ्यो । वीकले रियालटी जस्तो नदेखिने भएकोले आफुले कपाल मुन्डनै गराएको पन्तले सुनाइन् ।
‘आमा’मा सुरक्षाको अलवा मिथिला शर्मा, सरिता गिरी लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।
फिल्मको अहिलेसम्म ८० प्रतिसत काम सकिएको छ । केही दिन अगाडि सिन्धुलीको गल्कोट पुगेर फर्किएको फिल्मको पुरै छायाँकन सक्न निर्देशक सम्पुर्ण युनिट सहित काठमाडौंमा झरी कुरेर बसिरहेको छ ।
‘रियल झरीमै खिच्नु पर्ने सिनका लागि केही दिन देखि कुरीरहेका छौ’ निर्देशक खनालले भने ‘झरी पर्ने बितिक िफिल्म सकिन्छ ।’
सामाजिक कथामा बन्न लागेको यो फिल्म आफ्नो अहिलेसम्मकै राम्रो फिल्म हुने खनालले बताए । फिल्मको रिलिज मिति भने फागुन ९ गते तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण