नेकपा सल्यानले पूर्णता पायो
सल्यान– सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्णता पाएको छ । नेकपाको जिल्ला कमिटीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका सङ्गठनमा पदाधिकारी चयनसँगै जिल्लामा नेकपाले पूर्णता पाएको हो ।
सदरमुकाम खलङ्गामा आयोजित नेकपाको जिल्ला कमिटीको बैठकले पूर्वएमाले अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीको सचिव र पूर्वमाओवादीको अध्यक्ष हुने स्थानीय तहमा पूर्वएमालेको सचिव रहने गरी स्थानीय कमिटीहरुको टुङ्गो लगाएको हो ।
पूर्वएमालेबाट बागचौर, कपुरकोट, त्रिवेणी, सिद्धकुमाख र छत्रेश्वरी तथा पूर्वमाओवादीबाट शारदा, बन्गाड कुपिण्डे, दार्मा, कुमाख र कालीमाटीमा नेतृत्व लिने गरी सहमति भएको नेकपा जिल्ला अध्यक्ष गोविन्द पुनले जानकारी दिए ।
नेकपाले शारदा नगरपालिकामा नवीनसिंह भडेल अध्यक्ष र यौव प्रकाश श्रेष्ठ सचिव, बागगचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष र सचिव लोकमान बुढाथोकी, वननगाड कुपिण्डे नगरपालिकामा कृतिबहादुर राना अध्यक्ष र गुञ्जमान बुढालाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै कपुरकोट गाउँपालिकामा घनश्याम शर्मा अध्यक्ष र तीर्थराज बस्नेत सचिव, त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खड्का अध्यक्ष र अजय रोका सचिव, सिद्धकुमाख गाउँपालिकामा जीतबहादुर चलाउने अध्यक्ष र रामबहादुर बस्नेत सचिव तथा छत्रेश्वरी गाउँपालिकामा ओझबहादुर बुढाथोकी अध्यक्ष र प्रेम खड्कालाई सचिवको जिम्मेवारी प्रदान गरिएको नेकपा सल्यानले जनाएको छ ।
नेकपाले दार्मामा असवीर बुढाथोकी अध्यक्ष र दलबहादुर केसी सचिव, कुमाखमा चन्द्रबहादुर राना अध्यक्ष र भैरव शाह सचिव एवम् कालीमाटीमा शालिकराम भट्टराई अध्यक्ष र गेहेन्द्र केसीलाई सचिवको जिम्मेवारी प्रदान गरेको छ ।
बैठकपछि कुरा गर्दै नेकपा सल्यानका अध्यक्ष गोविन्द पुनले कमिटीका अन्य सदस्यको टुङ्गो अहिले चयन भएका अध्यक्ष र सचिवले लगाउने बताए । ‘जिल्लामा नेकपाले पूर्णता पाएको छ अब पार्टी गतिविधिले गति लिन्छ’, अध्यक्ष पुनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण