हँसपुर नगरपालिकाका मेयरसहित ३ जनामाथि किटानी जाहेरी दर्ता
जनकपुर– धनुषाको हँसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएकामध्ये तपेश्वर मण्डलको मृत्यु भएपछि ३ जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन् । झडपमा गम्भीर घाइते भएका हँसपुर नगरपालिका वडा नम्बर २ बस्ने ५५ वर्षीय तपेश्वर मण्डलको बुधबार राति मृत्यु भएको थियो ।
मृत्यु भएका तपेश्वर मण्डलका परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदै मेयर रामज्ञान मण्डल, हंसपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष उदय सिंहलाई पक्राउ गर्न माग समेत गरेका छन् । मण्डलको मृत्युपछि आक्रोशित बनेका हँसपुरका स्थानीयवासीले मेयर मण्डलविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रदर्शनको क्रममा उनीहरुले मेयर मण्डलमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् । हँसपुर नगरपालिकाका उपमेयर रेणु झाले झडपको क्रममा घाइते बनेका तपेश्वर मण्डलको मृत्यु मेयर रामज्ञान मण्डल, वडा नम्बर ३ का अध्यक्ष उदयसिंह र वडा सदस्य श्याम राउतलाई तत्काल कारवाही गर्न माग गरेकी छिन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकप) का नेता रामचन्द्र झाले झडपमा मृत्यु भएका मण्डल आफ्नो पार्टीको कार्यकर्ता रहेको भन्दै उनले मेयर लगायतका यसमा संलग्न रहेकाहरुलाई तुरन्तै पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । नेता झाले दोषीमाथि कारवाही नगरिए आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
गत साउन २१ गते नगरपालिकाका मेयर मण्डलले प्रहरीको सहयोगमा बघचौडामा रहेको साविकको कार्यालयका सामग्रीहरु जबर्जस्ती लैजान खोजेपछि उपमेयर रेणु झासहित स्थानीयले अवरोध गरेका थिए । त्यसक्रममा प्रहरीले लाठी चार्ज गर्दा मृतक मण्डलसहित आधा दर्जन स्थानीय घाइते भएका थिए ।
झडपमा परी घाइते भएका मण्डललाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । अञ्चल अस्पतालमै उपचाररत रहेका मण्डलको बुधबार राती मृत्यु भएको छ । मृत्युपछि अस्पतालसमेत तनावग्रस्त बनेको थियो । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा मण्डलको ढाडको तल्लो भागमा गम्भीर चोट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण