विवाहमा न लाखौं खर्च, न झन्झटः छोरी माग्न जाँदा दाउराको भारी
कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ। छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ। नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन।
उत्तरी गोरखाका गुरुङ समुदायको बसोबास रहेका बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन्। दाउरा स्वीकार भए विवाह पनि स्वीकारेको अर्थ लाग्छ। केटीले जसको भारी हो बोकेर उसकै घरमा लगेर छाडिन् भने अस्वीकार गरेको बुझ्नुपर्छ।
यस्तो प्रथा धार्चे गाउँपालिकाका लापुलगायत सातवटै वडाका गाउँबस्ती, बारपाक स्वाँरा, सौरपानी, घ्याच्चोकमा प्रचलित छ।
यसरी गरिएको विवाहमा न लाखौं खर्च, न झन्झट। ‘केटाले आफूलाई मन पर्ने केटीको घरमा दाउराको भारी लगेर राखिदिन्छ’, धार्चे गाउँपालिका(५ यमगाउँका टेकबहादुर गुरुङ भन्छन्, ‘फिर्ता गरेनन् भने केटी विवाह गर्न सहमत भई भनेर केटाले बुझ्छ। अनि बिस्तारबिस्तार केटीको घरमा गएर काममा सघाउन थाल्छ। केटी र उसका अभिभावकको मन जितेपछि विवाह पक्का हुन्छ।’ यसरी विवाह गरेपछि छोराको छेवरमा रीत पुर्याउने चलन छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिव उप्रेतीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण