गैरआवासीय नेपाली सङ्घलाई प्रधानमन्त्रीको आग्रह : एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित हुनुस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बनाउन आग्रह गरेका छन् । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखा पर्नु उचित नहुनेमा जोड दिँदै सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे ।
‘आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनु उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहान र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रूपमा यो विकास नहोस्’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट गैरआवासीय नेपालीलाई आग्रह गरे ।
उनले संस्थामा दलीय राजनीति नगर्न आग्रह गर्दै विभाजनको प्रयास सफल नहुने बताए । ‘विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ’, प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले एनआरएनको वर्तमान अध्यक्ष डा.बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिवत् महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त समेत व्यक्त गरे ।
गैरआवासीय नेपालीसँग सम्बन्धित कानुनमा गर्नुपर्ने संशोधन सुझावका आधारमा सरकारले गर्ने प्रतिबद्धता समेत प्रधानमन्त्रीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण