अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक पर्दैन : सांसद सिंह
बुधबार, ३१ वैशाख २०८२, १३ : ३९

काठमाडौँ । सांसद दीपकबहादुर सिंहले अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक नपर्ने बताएका छन् । बुधबार विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि बजेट) माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अर्थमन्त्रीज्यू संसद्मा हुनु र नहुनुमा केही फरक पर्दैन,’ उनले भने ,‘हिजो भए पनि सुतिराख्नु भएको थियो । हुनु र नहुनुमा केही फरक पर्दैन माननीयज्यू ।’
मंगलबार प्रतिनिधिसभा छलफलका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेल निदाएको अवस्थामा कैद भएको तस्बिर सामाजिक सञ्जालमा आएपछि अहिले मन्त्री पौडेलको आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित भक्तपुरबाट युवक पक्राउ
-
वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन
-
जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
-
१० महिनामा सरकारको पुँजीगत खर्च ३४ प्रतिशत, ६५ प्रतिशत राजश्व संकलन
-
सम्बन्धहरू फूलजस्तै हुन्छन् !
-
करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन