प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा शिवम् सिमेन्टको सहकार्य
काठमाडौँ । यही जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको नवौँ प्रधानमन्त्री कप– एनभीए महिला/पुरुष भलिबल लिग २०८२ मा शिवम् सिमेन्ट लिमिटेड “स्ट्रेन्थ पार्टनर” को रूपमा सहकार्य गर्ने भएको छ ।
राष्ट्रिय खेलको प्रवर्द्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको हो । हालै काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल बिच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।
शिवम् सिमेन्ट लिमिटेडले यसअघि भलिबल नेपालको राष्ट्रिय खेल भइसकेपछि यसको प्रवर्द्धन गर्न विभिन्न गेमहरूमा सहकार्य गर्दै आइरहेको छ । जसअन्तर्गत शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला भलिबल कप प्रायोजन, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, एभरेस्ट भलिबल लिग अन्तर्गत कर्णाली यशविस टिम प्रायोजन लगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका खेल कार्यक्रमहरूमा समेत प्रायोजन तथा सहकार्य गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण