प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा शिवम् सिमेन्टको सहकार्य
_esjlxYUc56.jpg)
काठमाडौँ । यही जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको नवौँ प्रधानमन्त्री कप– एनभीए महिला/पुरुष भलिबल लिग २०८२ मा शिवम् सिमेन्ट लिमिटेड “स्ट्रेन्थ पार्टनर” को रूपमा सहकार्य गर्ने भएको छ ।
राष्ट्रिय खेलको प्रवर्द्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको हो । हालै काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल बिच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।
शिवम् सिमेन्ट लिमिटेडले यसअघि भलिबल नेपालको राष्ट्रिय खेल भइसकेपछि यसको प्रवर्द्धन गर्न विभिन्न गेमहरूमा सहकार्य गर्दै आइरहेको छ । जसअन्तर्गत शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला भलिबल कप प्रायोजन, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, एभरेस्ट भलिबल लिग अन्तर्गत कर्णाली यशविस टिम प्रायोजन लगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका खेल कार्यक्रमहरूमा समेत प्रायोजन तथा सहकार्य गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किरियापुत्री भवन बनाउन महायज्ञ
-
राजनीतिक दलका कार्यकर्तालाई गभर्नर बनाउन खोजियो : सांसद सिंह
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन चुलियो, ऐन जारी गर्न माग
-
सांसद घर्तीमगरको प्रश्न : निजामतीमा उदासिन सरकारलाई भूमि विधेयक ल्याउन किन हतार भयो ?
-
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश