दुई सचिव पद रिक्त, बढुवाको छैन सुरसार
सारांश
- निजामती कर्मचारीका दुई विशिष्ट पद सचिव खाली भएका छन्। गणेशप्रसाद पाण्डे र विनोदप्रकाश सिंह अवकाशमा गएपछि पद खाली भएको हो।
- सचिव पदका लागि बढुवा प्रक्रिया सुरु हुन सकेको छैन। लोक सेवा आयोगको नेतृत्वमा ५ सदस्यीय समिति रहने व्यवस्था छ।
- बढुवा समिति बैठक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बस्ने व्यवस्था छ, तर बैठक बसेको छैन।
- जेठमा थप चार सचिव अवकाशमा जाँदैछन्, जसमा मधुप्रसाद भेटवाल, रघुराम विष्ट, उदयराज सापकोटा र सुदर्शन खड्का रहेका छन्।
काठमाडौँ । निजामती कर्मचारीको विशिष्ट पद सचिवका दुई पद रिक्त भएका छन् । महालेखा नियन्त्रक कार्यालयमा कार्यरत सचिव गणेशप्रसाद पाण्डे वैशाख ३० गते मंगलबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त सचिवको संख्या दुई पुगेको हो ।
यसअघि वैशाख २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएका थिए ।
दुई सचिव पद रिक्त भए पनि बढुवाको सुरसार भएको छैन । सचिव बढुवाका लागि लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा ५ सदस्यीय समिति हुन्छ ।
समितिमा लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य, मुख्यसचिव, लोकसेवा आयोगद्वारा मनोनीत सम्बन्धित विषयका विशेषज्ञ सदस्य हुन्छन् भने सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्यसचिव हुन्छन् ।
अनिवार्य अवकाशमा गएका दुवै सचिव प्रशासन सेवाका भएकाले बढुवा समितिको बैठक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बस्ने व्यवस्था कानुनमा छ । तर, बैठक अहिलेसम्म नबसेको आयोग अध्यक्ष निकट स्रोतले जानकारी दियो । बढुवा समिति बैठकबारे जानकारी लिन खोज्दा सदस्यसचिव सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्त सम्पर्कमा आएनन् ।
- जेठमा थप चार सचिव जाँदैछन् अवकाशमा
जेठ महिनामा चार सचिव अवकाशमा जाँदैछन् । जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटवाल जेठ ६ गते तथा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रहेका रघुराम विष्ट जेठ २४ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा जेठ २८ गते अनिवार्य अवकाशमा जाँदैछन् । त्यस्तै संघीय संसद सचिवालयमा कार्यरत सचिव सुदर्शन खड्का जेठ ३० गते अवकाशमा जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण