एएफसी यू–१६ खेलाडीको घोषणा, को–को परे टोलीमा ?
काठमाडौं – सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले आइतबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका हुन् ।
जोर्डनमा आयोजना हुने छनोट खेलमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा आयोजक जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् ।
नेपालले भदौ २८ गते जोर्डनसँग खेल्दै छनोट प्रतियागिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल भदौ ३० गते कुवेतसँग, तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । समूहको शीर्ष टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
नेपाली टोली
गोलरक्षक : मनोज दहाल, जेनियस केसी र पथ्थुहाङ नेम्वाङ
रक्षक : अजय चौधरी, अभिषेक आईवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ र आमीर हमिद
मिडफिल्डर : नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मेजय धामी, विपिन तुम्सिङ मगर, महित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई र निराजन खत्री
स्ट्राईकर : सशांक बोहरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा र दिपेश राई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण