नेपाली सेना थप उत्साहित
काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व गर्नुभएको एक वर्षमा नेपाली सेनामा नीतिगत र सङ्गठन सुधारका महत्वपूर्ण कार्यबाट सेनाको सकल दर्जामा आशा र उत्साह जागृत भएको छ । सङ्गठन भित्रका विकृति र विसङ्गतिलाई जरैदेखि हटाइ पारदर्शी र स्पष्ट आर्थिक सुशासन कायम गर्ने सन्दर्भमा यो अवधि निकै महत्वपूर्ण भएको बताइएको छ ।
सेनाले आर्थिक अनुशासनमा कडाइ गर्ने सिलसिलामा बजेटको सदुपयोग नगर्ने तथा आर्थिक सुशासन कायम नगर्ने जो कोहीलाई पनि कडा कारवाही गरिने नीति अबलम्वन गरेको छ । प्रधानसेनापति थापाले २०७५ भदौ २४ गतेदेखि नेपाली सेनाको नेतृत्व सम्हाल्दै आएका छन् । आर्थिक सुशासन कायम भएको सुनिश्चित गर्न र बजेटको सदुपयोगका सम्बन्धमा एकिन गर्न प्रधानसेनापतिबाट उच्चस्तरीय आन्तरिक समिति गठन गरी गत आर्थिक वर्षको बजेट सदुपयोग भए नभएको बारेमा प्रतिवेदन तयार गर्न पहल गरिएको छ ।
सात वटा लक्ष्य र १५१ कार्य समेटिएको ‘कमाण्ड मार्ग’ निर्देशन जारी गरी काम प्रारम्भ गर्नुभएका प्रधानसेनापति थापाले साङ्गठनिक शुद्धीकरण र आर्थिक अनियमिता रोक्न भ्रष्टाचारप्रति शून्य सहिष्णुताको नीति कार्यान्वयनलाई विशेष जोड दिएका छन् । सेनाले बजेट कार्यान्वयन गर्ने निकायबाट ठिक ढङ्गबाट कार्यसम्पादन भए नभएको परीक्षण गर्न टोली बनाइ अनुगमन निरीक्षणको थालनीका साथै बजेट आचारसंहिता र बजेट आन्तरिक निर्देशिका प्रकाशन गरी लागू गरेको जनाएको छ । पुराना बेरुजु फछ्र्यौट गर्न र आगामी दिनमा बेरुजु हुन नदिन उच्चस्तरीय समिति गठन गरी कार्य प्रारम्भ गरिएको, तालुकदार मन्त्रालयको बजेट सूचना प्रणालीसँग मेलखाने गरी बजेट सूचना प्रणाली कार्यान्वयनमा ल्याइएको सेनाले जनाएको छ ।
पद्धति र प्रणालीमा आधारित व्यवस्थापन स्थापित गर्न तथा शान्तिसेना, बढुवा र सरुवा नातावाद तथा कृपावादको अन्त्य गर्न पनि वर्तमान नेतृत्वले काम गरिरहेको छ । छलफलमा आधारित योजना र निर्णय लिने प्रणालीको विकास, सूचना प्रविधिमैत्री सङ्गठन, तोकिएको जिम्मेवारी समयमै पूरा गर्ने पद्धति, भर्ना छनोटलाई वैज्ञानिक र व्यवस्थित गर्ने विषयलाई प्राथमिकतामा राखेर सेनाले काम गरिरहेको छ । सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ तथा ‘एक नागरिक, एक फलफूल बिरुवा’को अवधारणालाई सार्थक तुल्याउन ‘भिजन २०३०’ र ‘एक जवान, एक फलफूलको बिरुवा’ कार्यक्रम अघि बढाइएको सेनाले स्पष्ट पारेको छ ।
यस्तै सेनाले हरेक ब्यारेकमा प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्ने र चुरे संरक्षणका क्षेत्रमा समेत काम गर्दै आएको छ । राष्ट्रिय सुरक्षामा सबैको साझा धारणाको विकास, ऐतिहासिक किल्ला र गढीको संरक्षण, प्रभावकारी गुनासो व्यवस्थापन, समानता र समतामा आधारित कल्याणकारी कार्यको थालनी, पर्यावरण संरक्षण र सुरक्षामा योगदान पनि वर्तमान सैनिक नेतृत्वबाट शुरु गरिएका नवीनतम् कार्य हुन ।
प्रधानसेनापति थापाको कार्यकालको एक वर्षमा शान्ति सेना छनौट निर्देशिका, वार्षिकोत्सव सञ्चालन कार्यविधि, सैनिक आचारसंहिता सङ्ग्रह, नेपाली सेनाको बजेट आचारसंहितालगायत करीब १५० भन्दा बढी विविध कार्यविधि, निर्देशिका, परिपत्र जारी गरी कार्यान्वयनमा ल्याइएको सेनाले जनाएको छ । राष्ट्रिय सुरक्षा नीति २०७५ जारी भएको, प्रतिरक्षा नीति मस्यौदा तयार भइरहेको, अबको सेना कस्तो हुने भन्ने परिकल्पना गरिएको र ‘नेपाली आर्मी भिजन सन् २०३०’ को मस्यौदा तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ ।
कमाण्ड प्रतिबद्धतालाई कुनै पनि कमाण्डरको वार्षिक कार्य सम्पादन मूल्याङ्कनसँग समेत जोडिने हुँदा कार्य सम्पादनमा अझै बढी निखारता आउने विश्वास गरिएको छ । सरकारले ल्याएको कार्यसम्पादन सम्झौता कार्यान्वयनमा ल्याएबाट सेनाले चालेको अवधारणालाई थप ऊर्जा मिलेको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
-
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण