शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु नियन्त्रणतर्फ गएको स्वास्थ्यमन्त्रीको जवाफ

बुधबार, ०१ असोज २०७६, १४ : २९
बुधबार, ०१ असोज २०७६

काठमाडौँ– सरकारले विगत ४–५ दिनको तथ्याङ्कले डेंगु रोग नियन्त्रणतर्फ गएको दावी गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले बुधबारको संसद बैठकमा यस्तो जानकारी दिएका हुन् । 

मन्त्री यादवले डेंगु विश्वभर नै चुनौतीका रुपमा रहेको फेहरिस्थ प्रस्तुत गर्दै सरकारले आफ्नोतर्फबाट डेंगु नियन्त्रणमा कुनै कसर बाँकी नराखेको जानकारी दिए । 

मन्त्री यादवको जवाफपछि सांसदहरुले सरकार डेंगु नियन्त्रणमा भर्खर तयारीमा लागको भन्दै सरकारको आलोचना गरेका थिए । 

काँग्रेस सांसद देवन्द्रराज कँडेल तथा सत्तापक्षकै सांसद खगराज अधिकारीले डेंगु नियन्त्रणमा सरकारी प्रयासको स्पस्ट खाका पेश गर्न माग गरे ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप