राति १ बजेबाट मुग्लिन-नारायणगढ सडक अवरुद्ध : बाटो खुलाउने प्रयास जारी
चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खसेपछि गएराति १ बजेबाट सडक अवरुद्ध भएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने उनले ले बताए ।
पहिरो पन्छाउनका लागि तीनवटा एक्साभेटर र एउटा लोडर परिचालन गरिएको खनालले बताए । हाल ठूलो पानी नपरे पनि विगत दुई चार दिनयता परेको पानीका कारण पहिरो खसेको हुनसक्ने उनको अनुमान छ ।
पहिरोले धनजनको क्षति नभएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । पहिरो खसेसँगै सडकको दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ । दिनको समयमा सडक रोकेर काम गरिने हुँदा बिहान बेलुका र रातको समयमा सवारी चाप बढ्ने बेला पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् ।
सो सडकखण्ड विस्तारको काम भइरहेको छ । भित्तो काटेर सडक फराकिलो बनाएकाले समय समयमा पहिरो खसेर दुःख दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै