राति १ बजेबाट मुग्लिन-नारायणगढ सडक अवरुद्ध : बाटो खुलाउने प्रयास जारी
चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खसेपछि गएराति १ बजेबाट सडक अवरुद्ध भएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने उनले ले बताए ।
पहिरो पन्छाउनका लागि तीनवटा एक्साभेटर र एउटा लोडर परिचालन गरिएको खनालले बताए । हाल ठूलो पानी नपरे पनि विगत दुई चार दिनयता परेको पानीका कारण पहिरो खसेको हुनसक्ने उनको अनुमान छ ।
पहिरोले धनजनको क्षति नभएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । पहिरो खसेसँगै सडकको दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ । दिनको समयमा सडक रोकेर काम गरिने हुँदा बिहान बेलुका र रातको समयमा सवारी चाप बढ्ने बेला पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् ।
सो सडकखण्ड विस्तारको काम भइरहेको छ । भित्तो काटेर सडक फराकिलो बनाएकाले समय समयमा पहिरो खसेर दुःख दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण