बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी

बिहीबार, ०४ असार २०८३, ११ : ३८
बिहीबार, ०४ असार २०८३

सारांश

  • नेकपाका सांसद रमेश मल्लले संसदमा प्रतिपक्षले खेलेको रचनात्मक भूमिकालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।
  • उनले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र यसमा प्रतिपक्षले उठाएको आवाजको नजरअन्दाज गर्न नमिल्ने बताए ।
  • सांसद मल्लले प्रधानमन्त्रीको कार्यालयमा कोही मानिसलाई बोलाएर बयान लिइएको तथा पक्राउ गरिएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

काठमाडौँ । नेकपाका सांसद रमेश मल्लले संसदमा प्रतिपक्षले खेलेको रचनात्मक भूमिकालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।  बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने भन्दै यसमा प्रतिपक्षले उठाएको आवाजको नजरअन्दाज गर्न नमिल्ने बताए ।

साथै, उनले प्रधानमन्त्री कार्यालयमा कोही मानिसलाई बोलाएर बयान लिइएको तथा पक्राउ गरिएको भन्दै प्रधानमन्त्रीको कार्यालय त्यस्तो काम गर्ने ठाउँ नभएको बताए । उनले यस्ता घटनाबाट लोकतन्त्र र संविधानकै चीरहरण हुन सक्नेतर्फ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

‘संवैधानिक आयोगका पदाधिकारीलाई बोलाएर जबरजस्ती थुनछेक गरिएको छ भने छानबिन गरियोस् र दोषीमाथि कारबाही गरियोस्’, मल्लको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप