रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
बिहीबार, ०४ असार २०८३, ११ : ४३
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बजेट छलफलका क्रममा रक्षा मन्त्री संसदमा उपस्थित हुनुपर्ने बताएका छन् ।
- उनले आजको बजेट छलफल रक्षाको समेत भएकाले रक्षामन्त्री संसदमा उपस्थित हुनुपर्ने बताएका हुन् ।
- उनले रक्षा मन्त्रालयको बजेट बुक आफूहरूलाई अझै किन नदिएको भन्दै जवाफ मागेका छन् ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बजेट छलफलका क्रममा रक्षा मन्त्री संसदमा उपस्थित हुनुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आजको बजेट छलफल रक्षाको समेत भएकाले रक्षामन्त्री संसदमा उपस्थित हुनुपर्ने बताएका हुन् ।
‘रक्षा मन्त्रालयको बजेट छलफलमा रक्षा मन्त्रीलाई बोलाइयोस्’, साम्पाङले भने, ‘र त्यो भन्दा पनि ठुलो रक्षा मन्त्रालय अन्त्रगतको बजेट बुक हामीलाई अझै किन दिइएन ? यसको उत्तर चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण