
सिद्धार्थ बैंकको सहयोगमा आँखा शल्यक्रिया शिविर

काठमाडौं– सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।
२०७६ पौष २२ देखि पौष २५ सम्म श्रीनगर (सर्लाही) र पौष २७ देखि पौष २९ सम्म मलंगवा (सर्लाही) मा संचालन भएको उक्त शिविरमा कूल १,२४१ जनाको आँखा परिक्षण गरिएको थियो ।
परिक्षण गरिएका मध्य १७८ जना मोतियाबिन्दु रोगीहरुको पहिचान गरि उहाँहरुको आँखा शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई ४,६७,५००को आर्थिक सहयोग प्रदान गरेको थियो ।
उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले एक विशेष कार्यक्रमका बीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जानेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ