अमेरिका र क्यानडाबीच सिमाना बन्द गर्ने सहमति
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच दुई देशबीचको सिमाना बन्द गर्ने सहमति भएको छ । विश्वभर फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै ती दुई देशबीच सिमाना बन्द गर्ने सहमति भएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुई देशबीचको उत्तरी सीमाना बन्द गर्ने सहमति भएको जानकारी दिएका छन् । ट्रम्पले सीमाना बन्द गर्ने निर्णयले दुई देशबीचको व्यापारिक कारोबार प्रभावित नहुने बताएका छन् । क्यानडा अमेरिकाको ७५ प्रतिशत निर्यातमा भर पर्ने गरेको छ ।
सीमा बन्द भएपछि पर्यटन र व्यापारीहरुलाई असर पर्न सक्छ तर द्दिपक्षीय व्यापार प्रभावित नहुने बताइएको छ । क्यानडाका उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्याण्डले मंगलबार भने, ‘अमेरिका र क्यानडाको सीमानाबाट हरेक दिन झण्डै २० लाख मानिसहरु यात्रा गर्छन्, यो सीमा दुवै देशहरुको लागि जीवन रेखा हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित