बुटवल कृषि उपज केन्द्रमा तरकारी तथा फलफूल बेच्न रोक लगाइयो
बुटवल । देशभर कोरोना भाइरसको त्रास फैलिरहेका बेला बुटवलको कृषि थोक बजार केन्द्रमा सयौको संख्यामा भीड बढेपछि बुटवल उपमहानगरपालिकाले बिक्री वितरणमा रोक लगाएको छ ।
उक्त केन्द्रको सञ्चालक समितिको वैठकले कारोवार बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । आज बिहान रातोपाटीमा जताजतै कोरोनाको त्रास हुँदा पनि बुटवलको कृषि उपज केन्द्रमा भिडभाड भएको समाचार छापिएको थियो ।
समाचार आएलगत्तै उपमहानगरपालिकाले चिैत २५ गतेसम्मका लागि केन्द्र बन्द गर्न निर्देशन दिएको बताइएको छ ।
केन्द्रका व्यवसायिक सटरहरुमा स्थानीय उत्पादनका ताजा तरकारी बिक्री वितरण हुँदै आएको थियो । भिड बढेपछि तिनै सटरहरु बन्द गर्ने निर्णय गरिएको र बुटवलका विभिन्न चोकहरुमा भने सामाजिक दुरी कायम राख्दै ताजा तथा हरियो तरकारी बेचबिखन गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा
-
कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?