हत्या गरी शव बारीमा गाडेको अभियोगमा ४ जना पक्राउ
कास्की । पोखरा महानगरपालिका–१४ समिनतारा बस्ने वर्ष २२ का विमल रानाभाटको एक महिनाअघि घनले हानेर हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
सोही स्थान बस्ने वर्ष २१ का ज्ञानबहादुर परियारले रानाभाटलाई घनले हानी हत्या गरी आफ्नै घर पछाडिको बारीको डिलमा गाडेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीसहित वर्ष १८ का सञ्जय दर्जी, वर्ष १८ का कुमार परियार र बागलुङ गलकोट घर भई हाल पोखरा–१४ बस्ने सागर परियारलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
पक्राउ परेकाबाट शव गाडिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक दानबहादुर कार्कीको कमाण्डमा प्रहरी टोली खटिइ गएको थियो । प्रहरीले सोही स्थानबाट शव उत्खनन गरेको र शव सडेको अवस्थामा फेला परेको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासबिच युद्धविरामको प्रयास तीव्र
-
९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो : प्रधानमन्त्री
-
दाङको राजपुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
-
सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ
-
सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
-
शपथ लिएपछि शाक्यको प्रतिक्रिया : देश र जनताको हितमा काम गर्छु