मतगणना अपडेट
बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि
आइतबार, १६ वैशाख २०८१, १६ : ३४
काठमाडौँ । बझाङ प्रदेशसभा– १ (१) मा एमालेले सुवाती मतगणनामै फराकिलो अग्रता बनाएको छ । छविसपाथिभेरा गाउँपालिकाका १, २,३ र ४ वडाको मत गनिसक्दा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १३०३ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मतका साथ पछ्याउँदै छन् । भण्डारी र सिंहको मतान्तर ६४७ रहेको छ । यस्तै माओवादी केन्द्रका जनक बुढाले ४०२ मत पाउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत प्राप्त गरेका छन् ।
बझाङ प्रदेश सभा (१) मा प्रदेश सभा सदस्य उपनिर्वाचनमा ३० हजार तीन सय २८ खसेको थियो । बझाङ प्रदेशसभा १ (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ मा निधन भएपछि रिक्त स्थानमा २०८१ वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण