सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायल र हमासबिच युद्धविरामको प्रयास तीव्र

आइतबार, १६ वैशाख २०८१, १७ : ०५
आइतबार, १६ वैशाख २०८१

तेल अभिभ । इजरायल र हमासबिच गाजामा युद्धविराम लागू गर्ने प्रयास जारी छ । दुई पक्षबिच सम्झौता भयो भने इजरायलले दक्षिणी गाजाको रफाहमा आफ्नो आक्रमण स्थगित गर्न सक्नेछ । 

इजरायली विदेशमन्त्री इजरायल केट्जले हमासले आफ्नो हिरासतमा रहेका बन्धकहरूलाई रिहा गरेमा यो पूर्वनियोजित आक्रमणलाई रोक्न सकिने बताएका छन् । 

यसैबिच, अमेरिकी विदेशमन्त्री अरब देशका राजनीतिज्ञहरूसँग वार्ता गर्न साउदी अरबको राजधानी रियाद पुगेका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार एन्टोनी ब्लिन्केनले यो द्वन्द्व अन्य क्षेत्रमा नफैलियोस् भन्नेमा जोड दिनेछन् । 

शनिबार हमासले दुई बन्धकको भिडियो सार्वजनिक गर्दै उनीहरू जीवित रहेको प्रमाण दिएको थियो । अर्कोतर्फ, इजरायलमा पनि बन्धकहरूको रिहाइलाई लिएर व्यापक विरोध भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप