इजरायल र हमासबिच युद्धविरामको प्रयास तीव्र
आइतबार, १६ वैशाख २०८१, १७ : ०५
तेल अभिभ । इजरायल र हमासबिच गाजामा युद्धविराम लागू गर्ने प्रयास जारी छ । दुई पक्षबिच सम्झौता भयो भने इजरायलले दक्षिणी गाजाको रफाहमा आफ्नो आक्रमण स्थगित गर्न सक्नेछ ।
इजरायली विदेशमन्त्री इजरायल केट्जले हमासले आफ्नो हिरासतमा रहेका बन्धकहरूलाई रिहा गरेमा यो पूर्वनियोजित आक्रमणलाई रोक्न सकिने बताएका छन् ।
यसैबिच, अमेरिकी विदेशमन्त्री अरब देशका राजनीतिज्ञहरूसँग वार्ता गर्न साउदी अरबको राजधानी रियाद पुगेका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार एन्टोनी ब्लिन्केनले यो द्वन्द्व अन्य क्षेत्रमा नफैलियोस् भन्नेमा जोड दिनेछन् ।
शनिबार हमासले दुई बन्धकको भिडियो सार्वजनिक गर्दै उनीहरू जीवित रहेको प्रमाण दिएको थियो । अर्कोतर्फ, इजरायलमा पनि बन्धकहरूको रिहाइलाई लिएर व्यापक विरोध भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण