पत्रकार महासंघ सिन्धुपाल्चोकमा जीवनप्रसाद श्रेष्ठ विजयी

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको निर्वाचनमा जीवनप्रसाद श्रेष्ठ नेतृत्वको वाम गठबन्धन प्यानल विजयी बनेको छ । सिन्धुपाल्चोकमा एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस संगठनको संयुक्त प्यानल थियो भने काँग्रेस निकट प्रेस युनियन छुट्टै चुनाव लडेको थियो ।
बुधबार राति सम्पन्न मतगणना अनुसार उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्री, सचिवमा विदुर आचार्य , सहसचिवमा नानीराम नेपाल ,सहसचीव समावेशीमा केदार माझी विजयी बनेका हुन् ।
त्यस्तै कोषाध्यक्षमा नेत्र प्रसाद पौडेल सदस्यहरूमा दिपक खत्री, गोमा खत्री, देवराज सुवेदी, प्रभात श्रेष्ठ, दिनेश दुलाल र अशोक पराजुली विजयी बनेका छन् । यसअघि समावेशी सदस्यमा केशव अधिकारी, जनजाति सदस्य लालकाजी तामाङ ,दलित सदस्य सिर्जना बराल निर्विरोध निर्वाचित भइसकेका थिए ।
महासघ जिल्ला शाखाबाट केन्द्रीय परिषद सदस्यमा प्रमोद न्यौपाने र ज्ञानेन्द्र तिमल्सिना विजयी भएका छन् । यस्तै प्रदेश परिषदमा टीका सुबेदी , मणिसुन्दर काईराला, निर्मल बस्नेत, सन्तोष चौलागाई , सीताराम कोराला विजयी हुनुभएको छ ।
यसअधि प्रदेश परिषद् सदस्यमा सुनिता रखाल र केन्द्रीय परिषद् सदस्यमा शर्मिला ठकुरी निर्विरोध भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
-
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिइन्
-
‘आ बाट आमा’मा मुख्य भूमिकामा देखिँदै अभिनेत्री बिपना
-
सोलार फ्लेयरको खतरा : जीपीएसमा अवरोधदेखि ब्ल्याकआउटसम्म हुनसक्ने नासाको चेतावनी
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य