हिमताल फुटेर आएको बाढीबाट प्रभावित गाउँमा ६ दिनपछि राहत सामग्री पठाइयो
सारांश
- हुम्लाको नाम्खा गाउँपालिका-६, तिलगाउँमा हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा ६ दिनपछि राहत सामग्री पठाइएको छ।
- जिल्ला विपद् व्यवस्थापन समितिले १० क्वीन्टल चामल, लगायतका राहत सामग्री पठाएको छ। बाढीपहिरोले बिजुली, खानेपानी लगायतका पूर्वाधारमा क्षति पुर्याएको छ।
हुम्ला । हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा ६ दिनपछि बुधाबर राहत सामग्री पठाइएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन ब्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरु पठाइएको रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार १० क्वीन्टल चामल, १०० लिटर तिल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल नै चिनी, ३० क्वीन्टल मैदा, १‘१ क्वीन्टल भुजा, चिउरा, १० पोकेट चिया पठाइएको छ। यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरु पठाइएको उनले बताए। चारवटा त्रिपाल र १० बाख्रा सिमेन्ट पनि पठाइएको छ । ‘सिमीकोटबाट हामीले गाडीमा सामान पठाएको हो, यतिवेलासम्म पुगिसक्यो होला,’ उनले भने ।
तिलगाउँमा बाढी र पहिरोका कारण १८ वटा घरधुरी प्रभावित छन्। गाउँ नजिक पहिरो पुग्दा बस्ती नै जोखिममा परेकाले तिलगाउँवासी खोलापारी फाँटमा बसिरहेका छन् । बाढी र पहिरोले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएपछि तिलगाउँवासीको आवत–जावत र दैनिक जीवन कष्टकर बनेको छ। यद्यपि अहिलेसम्म बाढीले बस्ती जोखिममा पारेको र भौगर्भिक अध्ययन हुन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण