गाउँपालिकाको नक्कली छाप र लेटरप्याड प्रयोग गरी राजस्व सङ्कलन आराेपमा दुई जना पक्राउ
सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र नगदी रसिद बनाएर अवैध रूपमा राजस्व सङ्कलन आराेपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय पारस शाही र सोही गाउँपालिकाको वडा नम्बर ११ का २१ वर्षीय यज्ञेश्वर बहादुर शाही रहेका छन् ।
इलाका प्रहरी कार्यालय वडावन र प्रहरी चौकी जुनिचाँदेको संयुक्त टोलीले छेडागाड नगरपालिका वडा नम्बर ६ राहदेउस्थित सडकखण्डबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
‘उनीहरू लामो समयदेखि नक्कली छाप र कागजात प्रयोग गरी जिल्लाबाट बाहिर जान तयार रहेका जडीबुटी तथा खनिजजन्य सामग्री लोड भएका सवारी साधनहरू रोकेर कर सङ्कलन गर्दै आएको भन्ने सूचना आयो,’ जाजरकोटका प्रहरी नायव उपरीक्षक(डीएसपी) बसन्त कुमार शर्माले भने, ‘सोही सुचनाका आधारमा प्रहरी टोली खटिएर पक्राउ गरियो ।’
उनीहरूको साथबाट जुनीचाँदे गाउँपालिकाको नक्कली कार्यालय छाप,अनुसूची १०१ अन्तर्गतको मलेप फाराम नम्बर ११, आम्दानी रसिद, जडिबुटी तथा खनिज पदार्थ चेकजाँच सिफारिससम्बन्धी पत्र, ४३९ नम्बर सहितको कर सङ्कलन रसिद लगायतका नक्कली कागजातहरू समेत बरामद गरिएको डीएसपी शर्माले बताए ।
पक्राउ परेका उनीहरूलाई जाजरकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण